१९० मिस्ड कल- २
अन्ततः उसले निधो गरेको थियो। सायद मैले पनि आफुलाइ खुल्ला छोडिदिएको थिए। उसको मग्न हुन थालेको थियो मेरो मन। उसको मनमा के थियो खै, आफ्ना निन्द्राहरु सजिलै मेरा मानस्पटलमा सुम्पिएको थियो। कैले भन्थ्यो "आज त प्राक्टिस्मै निदाएछु।" अनि कैले भन्थ्यो "कोचले आज रातभर के गरेर आउछ भनेर हकार्यो। " कैले भन्थ्यो आज जिउ सारै दुखेको छ अनि कैले भन्थ्यो तिमिलाई भेटेर कति कुरा सुनाउनु छ।उसले जे जे भन्थ्यो, मेरा निम्ति स्वर्णिम भन्थ्यो। उसका हरेक शब्द म जादुमय पाउथे। बिहान खाना खाइओरी म साइकल सफा गर्दै थिए। मलाई अफिस जानू थियो। १० बज्नै आटेको थियो। अचेल मेरो उठ्ने सुत्ने टायमटेवल उसैको जस्तो भएको थियो। उठ्दा उठ्दै अफिसको चटारो। दुइपाङ्रे साइकलमा मोटर्को पाइपले छिर्र्अ पार्दै गर्दा झ्यालको छेउमै राखेको मोटोरोला फोन बज्यो। बिनासर्त यो उसैको फोन हुनु पर्थ्यो। अहो कति गर्न सकेको फोन? सुनन, म आज महेन्द्रनगर आउदैछु। बसको टिकट नि लिसके। ''भोलि बिहान पुग्छु, पर्सि सम्म हाम्रो भेट हुन्छ। '' मलाई पर्सि पर्खनु नै थिएन या फेरि मलाई पर्सिको आवस्यकता नै थिएन। उ मेरो अन्तस्करणमा म...