१९० मीस्डकल- ३
समह्वोयर इन पोखरा(हालसाल) सम्भवत मैले उसलाई विर्षेको पनि कती वर्ष भएका थिए ति वर्षहरु नै मेरा ध्याउन्नमा थिएनन् । जिन्दगीले अर्के मोड लिईसकेको छ । म अरु कसैसंग जिवनका शुख दुखहरु साटीसकेर बचेको जिन्दगीमा विचरण गरी रहेकीछु । यस विचमा मेरा आँखाहरुले उसलाई कहिलेपनि देख्न पाएका छैनन् । मन भने कहिलेकाहीँ कुनै कुराको अभावमा मलाई खटनपटन गरीरहेकै हुन्छ । सायद एक अर्काको वसमा अचेल हामी छैनौ । मेरा सपनाहरुमा उ आउन छोडेको वर्षौ भईसकेको छ । उसको झझल्कोहरु मनमा आउन छोडेको पनि धेरै वर्षहरु भए । उसले पनि स्पस्ट माया मारेको आभाष हुन्छ मलाई । १२ वर्ष कती लामो समय हो, त्यत्रो समय हामीले एक अर्कालाई देखेकै छैन् । २० वर्षको मस्त जवानीमा छोडेको प्रेमी अहिले ३२ वर्ष पुग्दासम्म पनि याद रहनु उत्तिकै अस्वभावीक होला । फेरी अर्कोतीर व्यभाहारले यति धेरै गाँजीसकेको छ की कसैको प्रेम सम्झीएर उत्ताउलिन त के हृदयंगम गर्ने सोचपनि आउँदैन । उठे देखीको सुतेसम्म जीम्मेवारीका पहाडहरु फोरीरहनु पर्छ । उसलाई कसरी सम्झनु ? यदाकदा उसका चर्चा सुनिहाले पनि मन ढक्क हुनु बाहेक खासै प्रफुल्ल हुदैन मन । म खुशी छु वा छैन् जोख...