१९० मीस्डकल- ३
समह्वोयर इन पोखरा(हालसाल)
सम्भवत मैले उसलाई विर्षेको पनि कती वर्ष भएका थिए ति वर्षहरु नै मेरा ध्याउन्नमा थिएनन् । जिन्दगीले अर्के मोड लिईसकेको छ । म अरु कसैसंग जिवनका शुख दुखहरु साटीसकेर बचेको जिन्दगीमा विचरण गरी रहेकीछु । यस विचमा मेरा आँखाहरुले उसलाई कहिलेपनि देख्न पाएका छैनन् । मन भने कहिलेकाहीँ कुनै कुराको अभावमा मलाई खटनपटन गरीरहेकै हुन्छ । सायद एक अर्काको वसमा अचेल हामी छैनौ । मेरा सपनाहरुमा उ आउन छोडेको वर्षौ भईसकेको छ । उसको झझल्कोहरु मनमा आउन छोडेको पनि धेरै वर्षहरु भए । उसले पनि स्पस्ट माया मारेको आभाष हुन्छ मलाई ।
१२ वर्ष कती लामो समय हो, त्यत्रो समय हामीले एक अर्कालाई देखेकै छैन् । २० वर्षको मस्त जवानीमा छोडेको प्रेमी अहिले ३२ वर्ष पुग्दासम्म पनि याद रहनु उत्तिकै अस्वभावीक होला । फेरी अर्कोतीर व्यभाहारले यति धेरै गाँजीसकेको छ की कसैको प्रेम सम्झीएर उत्ताउलिन त के हृदयंगम गर्ने सोचपनि आउँदैन । उठे देखीको सुतेसम्म जीम्मेवारीका पहाडहरु फोरीरहनु पर्छ । उसलाई कसरी सम्झनु ? यदाकदा उसका चर्चा सुनिहाले पनि मन ढक्क हुनु बाहेक खासै प्रफुल्ल हुदैन मन । म खुशी छु वा छैन् जोखीदिने नजिकको कोही छैन् । देख्नेलाई मेरो नैराश्यता देखिदैन । भन्नेले खै के के भन्छन् ध्यान दिन पनि मनलाग्दैन ।
अचेल मेरी एकजना मित्र छिन् म उनका अगाडी खुल्ला किताव जस्तै छु । तर उ रिजर्भ छ । आफ्ना कुराहरु खासै राख्दीन । मेरा भने अन्तरकुन्तर खोल्न एकदम सिपालु छे उ । म सोच्छु उ किन म जस्तो हुन सक्दीन? उ भन्छे तैले के पाईस ओपन भएर ? कतिपय कुरामा उ मलाई जितिरहन्छे म उसलाई जित्न दिन्छु ।
आज उसंग जडीबुटीतीर खाजा खान जाने निधो भयो । कोटेश्वर र जडीबुटीको जाम नै जामले अड्कीरहने बाटो छिचोल्दै काँडाघारी तर्फ जाँदा व्यावसायीहरुले केही राम्रो अझ भनौ न मनमोहक जग्गा प्लटींग गरीदिएका छन् । त्यस वरपर खाजा खाने प्रसस्त ठांउहरु छन् । त्यहाँ खादै गर्दा उसले आफ्नो आईफोनबाट मेरो फोटो खिचिदिई । फोटो मलाई नै मन पर्ने गरेर आयो । रहर रहर मै मेले त्यो फोटो फेसवुकमा अपलोड गरीदिए । सम ह्वोयर इन काठमाण्डौ....
भोलीपल्ट
जव फेसवुक खोलेर हेरे, फेसवुकको पिपुल यू मे नो भन्ने भागमा एउटा मानीस अचानक देखीयो जसलाई १२ वर्ष देखी कहिलेपनि हेर्ने हिम्मत गरेकै थिईन । उसको प्रोफाइल मा क्लीक गर्न मनले एककिसिमको औडाह गर्यो । उकुस मुकुस बनाएर आफैलाई एकछिन अरु नै काममा व्यस्त बनाए । मनमा उ आईरह्यो । किन आयो उ अचानक मेरो न्यूज फिडमा, प्रश्नहरु मनभर फिजीए । उसलाई क्लिीक गर्नु अघि गुगलमा सर्च गरे, ह्वाई इज गेटींग पिपुल यू मे नो अन माई न्यूज फिड?
गुगलले मेरो धड्कनकै रफ्तारमा कारण देखायो । उसले मेरो प्रोफाई खोलेर हेरी सकेको हुनु पर्छ ।
मुटुलाई काप्न दिएर मैले उसको प्रोफाईलमा क्लीक गरे । आजकै दिनको उसले एउटा फोटो अपलोड गरेको थियो, सम ह्वोयर इन पोखरा....
ओ माई गड । के उसले मेरो फेसवुकको एकाउन्ट चेक गरेको थियो होला ? नो नो नो । यदि हो भने के म उसको स्मृतीमा थिए होला यतिका वर्षसमम । के उसले विर्षेको छैन होला हाम्रो सम्बन्ध ? अनुत्तरति अनेक प्रश्नहरु सर्सती दौडीए । त्यसभन्दा अगाढी बढ्न म मा कुनै खाले हिम्मत आएन । रातभरी उ आईरह्यो आखाँमा । मन उडेर चन्द्रमा भन्दा माथी फैलियो । उफ ।
अचानक हरेक कुरा प्रिय लाग्न थाले । अचानक उ मेरो प्रेमी बनेर आयो । म सुतेकै छैन तर मेरो सपना जस्तो भएर मलाईचलाई रह्यो । अचम्म म भित्र स्निग्ध चाहानाहरु फेरी कुमारी भएर आए । आज फेरी म उसको प्रेमी बने । मनमा मानौ हर्षेल्लास छ आज ।
मलाईनै थाह नदिई मेरा ओठहरु तन्कीरहेका छन् । मिठो सुस्केराको आहटले मलाई पूनः त्यही पहिलो भेटपछिका समयक्रममा पुर्याईसकेको छ ।त्यो रात जव उ मलाई गोल्डेन कलरको घडी दिएर गएको थियो पुगेर फोन पनि गरेको थिएन । सायद उसलाई म उसले देख्ने गरेको सपनाकी राजकुमारी जस्तो पाएन की ? वा फेरी मैले नै फोन गरोस भनेर पर्खीरहेको थियो ।
Comments
Post a Comment