सेलेनोफाइल-SELENOPHILE
मेरो फोनले तिमीलाई दिक्क लागेको होर,
हो भने भन है मलाई ।
मेरो कुनैपनि म्यासेजको रिप्लाई पनि गर्दीनौ ।
हेर यसरी चुपचाप बसेर मलाई दोधारमा नराख है !
मलाई साँचो साँचो भन । 'मलाई सब कुरा बरदास्त हुन्छ, आई कान्ट ह्यान्डल लाइज ।'
इन्स्टाग्राम मा उसलाई यति लेखेर पठाईसकेपछि एकछिन लामो स्वास फेरे ।
पाँच मिनेट पछि फेरी इन्स्टामा मेसेज हेरे म्यासेज अझै सिन भएको थिएन ।
मलाई लागीराथ्यो उसले मेरो म्यासेज पढोस र रिप्लाई गरोस ।
रिसावोस न तर दिमाग छैन तिम्रो माया भन्दै लाडीओस । अनि आएर भनोस, न तिम्रो गालासाला फुटाईदिउ म । वा भनोस 'तिमीलाइ कण्डो ।'
तर यतिञ्जेल उसले केही पनि लेखेर पठाएकी थिइन ।
फेरी एकछिन अचानक सबै म्यासेजहरु सिन भएको रिपोर्ट आयो ।
मन हुरुक्क भयो । अब त केई लेख्ली नि फुच्चिले ।
अथवा मायाँ गरेर नै लेख्छे की 'मिस यु माया' । वा लेख्ली नी आइ लभ यु मोर ।
उसले जे भने पनि मलाई प्रिय नै लाग्थ्यो ।
पहिलो १० मिनेट।
दोश्रो ३० मिनेट ।
अनि एक घण्टा ।
कुनै रिप्लाई नै आएन ।
उसका बारेमा एकजना साथीसंग गफ नभएको पनि होईन । मलाई साथीले भनेकी थिई सेलफिस छ है त्यो केटी । तिमीसंग फाईदा हुञ्जेलमात्र टासिने हो, एकचोटी मतलव गयो केटी गई । मेरो झगडा पनि भयो, अरुको मनको कुरा तलाई कसरी थाह हुन्छ । फुच्चिलाई डरले पनि भने मैले मोटीले त यसो भनि त भनेर । उसले अंगालोमा राख्दै भनि, होईन मायाँ तिमीसंग मेरो के स्वार्थ । मलाईपनि तिमीसंग टाईम स्पेन्ड गर्न मनलाग्छ नि । यो सबै मायाँ नै त हो । जुन टाईम स्पेण्ड भैराको छ, यसैलाई दुबै मिलेर इन्जोय गरुम न । मैले अलि बेर एउटै कुरा गरीरह्यो की उसले भन्थीि कण्डो । म हास्थे मेरो शंका त्यसै सकिन्थ्यो ।
म उसलाई कुनै शंका नै गर्दीन थिए । बस माया भने गर्थे । उ बिहान उठ्यो की सुतिराछ भनेर संधै कौतुहलता हुन्थ्यो । खाना खाई खाईन, नुहाई नुहाईन अथवा केई कुराले वा कसैले उसलाई चित्तपो दुखाईदियोकी यो सबै कुरा मनमा खेलिरहन्थे । घरमा जाँदा होस वा अफिस उ मेरो मनमस्तीस्कमा सदाबहार हुन्थी ।
एकदिन उससंग चिया पिउदै गर्दा भनि उसले, 'तिमी मलाई किन यति माया गर्छौ' ? मैले नि भनिदिएकी थिए, यतिकै माया लाग्छ । केई रिजन छैन । साँच्चै मलाई उसका हरेक आवस्यकताहरु पुरा गरीदिउ जस्तो लाग्थ्यो । उसले पढ्ने, बस्ने खाने लाउने सब कुराहरु । उसका हरेक खर्च मै पुरा गरीदिउ वा उसले भनोस न ''माया'' मलाई आज यस्तो गर्नु पर्ने छ अलिकति पैशा चाहीएको छ । तर उ सिधै कहिलै भन्दीन थिई । म आफै बुझेर दिन्थे ।
मलाई उसका आवस्यकतामात्र पुरा गर्न होईन अव रहरहरु पनि पुरा गर्दीन मन थियो । कैले त्यो दिन आवोस र म उसलाई उपाहारहरु किनेर दिउ ।
बेला बेला भन्थी पनि 'धेरै कचकच नगर है माया तिम्रो पैशा ब्याज सहित रिर्टन गरीदिउँला।' कतिदिन मलाई डर पनि लाग्थ्यो । उसलाई मैले अझै त केही गर्न पाएकै थिएन । उसका अप्ठ्याराहरु नै सम्मायाउन बाकीँ थियो ।
रहर पुरा हुन त कैले हो कैले ।
बेलुका घर पुग्दा पनि इन्स्टामा उसको म्यासेज थिएन । सिन भको रिर्पोट मात्र थियो । मैले उसैलाई डेडीकेसन गरेर स्टोरी समेत अपडेट गरीदिए । तुरुन्तै हेरी उसले । अझै पनि रिप्लाई आएन ।
एक मनले सोचेँ सञ्चो नभएर होकी ।
अर्को मनले सोचें, संचो नहुदा त रिप्लाई गर्न नै नसकीने होईन ।
मायाँ एकोहोरो पो हुन्छ, तर जर्वजस्ती त हुदैन नी !
मैले उसको रिप्लाई नै मायाँ मारे ।
एकछिनमा उसको अडीयो कल आयो ।
तर अहं म्यासेज आएन ।
उसले धेरै मिहिनेत पनि गरीन ।
फोन गरीदिनलाई हो वा के, म्यासेज पठाको भन्नलाई हो, खै किन थ्यो मैले पनि रिसिभ गरीन ।
उसले दोश्रो पटक फोन पनि गरीन ।
दुईदिन सम्म यस्तै चल्यो । मलाई क्षणक्षणमै फोन स्क्रोल गर्ने लत नै बसेको महशुष गरें मैले । त्यसरी फोन हेर्नुको एउटै मोटीभ भइदियो, मेरा लागी फुच्चीले केही म्यासेज छोडी की । सुत्दा बस्दा खाँदा, होस वा हिड्दा डुल्दा होस वा फेरी मोटरसाईकल हाँकेको बेला नै किन नहोस । फोनमा उसको म्यासेज वा कलको पखाईले बिरामी नै बनाईदियो मलाई ।
उसलाई गुड मर्नींङ नभनी दिन नै सुरुवात हुन छोडीसकेको थियो मेरो ।
मन थामेर दूई दिन सम्म लेखेको पनि थिईन । अचानक लागयो यो सिलसिला नै हटाईदिन्छु अव ।
उसले मलाई सायद पागल सोच्न सक्छे या फेरि डे'स्पो । अनि अरु के के । बिहान उठ्ने वितिकै उसलाई इन्सटाग्राम र फेसबुकबाट ब्लक गरीदिए ।
मुटु ढक्क भयो ।
फेरी एकपटक लामो स्वास फेरें ।
यो सव गर्न खोज्नुको कारण अर्को पनि थियो। उसको प्रतिक्रिया हेर्नु पनि थियो ।
मेरो उपस्थीतीको कदर उसलाई छ वा छैन त्यो पनि जाँच्नु थियो ।
हुन्छ नि, कसैलाइ आवस्कता भन्दा धेरै कदर गर्नु भनेको पनि विस्तारै आफ्नो कदर घटाउदै लैजानु हो । जहाँ आफुले आफैलाई सम्पुर्ण रुपमा सर्मपण गरीन्छ तव विपक्षीलाई कदर को कर मात्र रहन्छ । उसलाई सायद म सबै सुम्पदै गईरहेकी थिए ।
उसलाई चाहीने पनि नचाहीने पनि दिदै गईएरहेकी थिए ,दिँदा दिँदा सायद सम्बन्धको बोझ पनि दिएकी वा मेरो सम्बन्ध जोगाउने आशापनि उसै माथी नै थोपरििदएँ की ।
मलाई लागेको थियो, उसले फोन गर्छे मलाई र हर्काछे । किन ब्लक गरेउ भनेर । वा भन्छे' तिमीलाई कण्डो' खुरुक्क न अनब्लक गर । या फेरी आँखामा आँसु लिएर लटपटीदै भन्छे, माँया म चाही तिमीलाई माँया नै गर्दीन है, मेरो तर्फवाट पनि आफै डिसिजन गरीदियौ ।
तर होईन उसले वास्तै गरीन । पिडा त मलाई तव न भयो जव मलाई लाग्यो मैले उसलाई ब्लक गरीदिएको उसलाई थाह नै भएन । मैले आफ्नै कोशीषलाइ आफैँ नै वर्वाद पारीदिए ।
मलाई उसंग के लिनु थियो र? के नै प्राप्त गर्नु पर्ने थियो र? बस उसलाइ खुशि राख्ने प्रण न गरेको थिए, जुन उसलाइ कहीलै चाहीको थिएन यदि चाहीएकै भएपनि मेरो कारणले होईन ।
आश पनि केही थिएन, जीन्दगीभरलाई साथ होस भन्ने चाहना पनि थिएन । बस म उसलाई माया गरीरहन चाहन्थे । तव सम्म जवसम्म उसलाई मेरो माया को बानी परिरहन्छ । तर यति चाँडो मेरो मायाको वानी छुट्छ जस्तो लागेको थिएन ।
अनि आज उसको मामुले मलाई वाट्सएपमा म्यासेज गर्नु भएको रहेछ, उसलाई संचो छैन रे । उसले पनि मलाई संचो छैन त्यसैले फोन नगरेको भनेर नभनेकी त होईन तर आमाले भनेपछि भने मनमन चिसो पस्यो । वाट्सएपमा भने ब्लक गरेको रहेनछ, थाह पाई पाई नै गरीन सायद, कुनै बेला कुनै अर्जेन्ट परीहाल्यो भने सम्पर्क गर्न हुन्छ भनेर । अनि आफैले म्यासेज टाइप गरे, कस्तो छ तिमीलाई कान्छु, बिरामी भन्ने सुने । के भाको हो ? धेरैबेर पछि पनि वाट्सप म्यासेजमा एउटामात्र रेजा थियो । पछि त्यो बढेर दुईटा बनेछ । सायद मेरो म्यासेज पढीहोली ।
तर रिप्लाई पनि नआएसी अलि रिसाएकै जस्तौ गरेर लेखें, कति घमण्डी तिमी ।
उसको पनि रिप्लाई आयो, मलाई संचो छैन तिमाथी तिम्रो ल्यांंङ ल्यांङ वाला म्यासेज ले इरिटेड हुन्छु म ।
यो म्यासेज पढेपछी भने म अवाक भएं । अब उसलाई फोन म्यासेज वा सोधीखोजी गरनु आफ्नै अपमान पटक पटक गराउनु हो । 'सेल्फरेस्पेक्ट' भन्ने चिज नै नहुनु जस्तै हो ।
Comments
Post a Comment