त्यो अनार्कषक पुरुष

कस्तो भने, झुस्स परेको । मैलो । शरीर नै नमिलेको कतै । नमिलेको कपाल । नमिलेका दारी अनि नसुहाउने गरी लगाएका दूईथान लुगा । समग्रमा फोहोरी । अँ,छुटेको चाहीँ के भने दन्तमञ्जन नै नपाएका दाँत । तल देखि माथी सम्म हेर्दा पुरै अनआर्कषक पुरुष । भन्छन् नि,  'नो फिलिंग्स वाला फिल' आउने मान्छे । 

उसले देखाएको सोफामा बस्दै गर्दा मेरा आँखाहरु मुन्तीर घोत्लीए । उसले हठात् भन्यो, तपाई आउनु हुन्छ भनेर सफा गर्न लगाएको केटाहरुलाई,

यस्तो गरेछन् । सायद उसलाई त्यहाँको दुर्गन्ध मेरा नाकले सुंघ्यो होला भन्ने भान परेको हुनसक्छ । अंग्रेजीमा  इन्सट्युसन भन्छन् क्यारे । म मुस्काराई मात्र दिएँ । सायद मेरा ओठहरुका कलेटी बाहेक त्याँ अरु कुनै आर्कषक चिज नै थिएनन् । यदी उसले सुन्दरता बुझ्न सक्छ भने । 

सले लगाएको मैलो जिन्स पाइन्टले मानौ मोजाको अभाव पुरा गरीरहेका थिए । गोलीगाँठा देखी झण्डै कान्छी औँलाका टुप्पा छोपीने गरी म्याजीक चप्पल भित्र सुटुक्क खुट्टा घुसारेको थियो । उसले मलाई कम्फरटेवल बनाउँदै भन्यो, "केटाहरुमात्र बस्छौ, खासै सरसफाई हुदैन् । तर मेरो बेडरुम चाहीँ सफा नै छ । मात्र भुईभरी किताव छरीएका होलान् ।" 

मेरो सकस अव सजिलो हुने क्रममा थियो, मैले नियालेर हेरेँ, उसका छातीमा झुस्स उम्रीएका रौँ हरु । छाती मै त्यती थिए, काखीमा कती थिए होलान् ? अनि अरु अरु ठाउँमा पनि । छिः सोच्न पनि मष्तिस्क मैलो हुन्छ जस्तो ।

कसैले ढोकानिरै आएर कालो चियाका दूई कप  थमाएर गयो । मैले मान्छे देखिन अलि कुनातिर बसेकी थिए म सायद ।

उसले ससम्मान चिया मेरा हातमा थमाईदियो । सरी , टि टेवल छैन् । त्यतै कतै म्यानेज गर्नुस मेडम । मलाई मेडम भनेको मन पर्दैन । तर मैले उसलाई केही भनिन् । तर चिया पटक्कै पिउन मन लागेको थिएन । 'इफ यू डन्ट माइन्ड, आई कान्ट अर्फोड टि, मे आई ?' 

उसले मैलै सक्न नपाउँदै भन्यो । नो । कालो चिया त हो नी । 

द्धापर युगमा  सवरीले श्रीराम चन्द्रको सत्कारमा अर्पण गरेका ति जुठा जंगली वयरहरुलाई सम्झीदै चियाको एक चुस्कि लगाएं । अहँँ जीव्रोलाई बराल्न सकेन चियाले ।  

यो मान्छेलाई देख्ने जतीले दुईटा अनुमान त पक्कै लाउँछन्, 

एउटा हो, कुनै स्त्रीको संगत नपरेको । भला ४० वर्षसम्म को मान्छे सिंगल बस्न सक्छ र ? विबाह, नभए 'इन अ रिलेसन सिप । यति दुईटा मा परेको पूरुष यति विग्न फोहोरी हुदैन् । यो मेरो मान्यता मात्र हो ।

हुन त म उसलाई भेट्न अफिसियल कामले नै गएकी थिए । तर मेरा आँखाहरु उसलाई खै किन यति विग्न नियाली रहेका थिए ? मान्छेको मन या फेरी मेरो अनैतिक स्वभाव अहिले सम्झदा पनि अलमल्ल हुन्छु । 

उसलाई मैले मेरा एजेण्डा सुनाई दिए । उसले सायद केही टिपोट पनि गर्यो होला । कलम र कागजको चिर्कटो थियो उसको हातमा । 

एकछिन् घोरीएर मलाई भन्यो, मेडम अहिले मशान्तसम्म मलाई शनीले घेरेको छ । मेरो राशी अप्ठ्यारोमा छ ।

'ह्वाट द फक म्यान् ?' मैलै संभवतः यी अंग्रेजी गाली उच्चारण गरीन् सायद, मनमा आएका थिए । मुखले बोलीन की! ड्याम्' । इम्पिीटि' ।  

केही दिनमा सुरु गरौं । तपाईको राशी कुन हो ? उसले सोध्यो । 

"नाउ, हि इज फकींग माई साइन्स ।" 

राशी त भन्छु म, तर मलाई विस्वास लाग्दैन यस्ता कुरा । उसले एस्ट्रोलोजीका केही तर्कहरुले मलाई कन्भिन्स गर्ने कोशीष राम्रोसंगै गर्यो । 

आफुलाई प्रमाणीत गर्न फेरी हनुमान चालीसाको प्रसंग थप्यो ।पृथ्वी र शूर्यको दुरी हनुमान चालीसामा विज्ञानले पत्ता लाउनु अघिनै लेखिसकिएको थियो । सायद उ ठिक थियो । मेरो पर्शमा पनि हनुमान चालीसा बोकेर हिड्छु म । अदृष्य केही कारण त होला नि । 

कोरोनाले हरदिन मानिसहरु हताहत भएको परिप्रेक्ष्यमा भएको भेट थियो हाम्रो । दुरी छ फिट मजाले कायम गरीएकै थियो । मलाई भने उसका दाँतहरु कैले देखि माझीएका छैनन् होला भन्ने कौतुहलता ले सतायो । ५ फीटका बस्तुहरु मेरा आँखाले उतीसारो ठम्याउनै सक्दैनन् । चस्मा लगाएर हेरे, दाँतहरुले आफ्ना रंग छोडीसकेका थिए । 

तर उसको आँखाहरु गहीरा थिए, मानौ कुनै अर्थ छन् तिनमा डुवेर बसेका, मैले तैरीएको देखीन त्यस बेला । उसले बोल्दा बोलीका लवजहरु मिठा थिए अन्तस्करणसम्म छुनेगरीका । म उसलाई आफुभित्र कल्पना गररिहेथे । 

Comments

  1. Sakambari ko suyogbir prati ko feeling wawa manobad yad aayo.... tapai ko yo creation padhe pachhi.....keep it up....

    ReplyDelete
    Replies
    1. Thank you so much. Here I started my words, with your lovely feedback. WOW

      Delete
  2. असाध्यै राम्रो लेखन, यहि शैली मा अल्लि लामो कथा वा उपन्यास लेख्नु पर्यो । शैली उच्च कोटीको छ ।

    ReplyDelete
    Replies
    1. मेरो पहिलो व्ल्ग गर्ने प्रयास हो । म यसलाई अलि लामो बनाउने कोशीष गर्छु । धन्यवाद ।

      Delete
  3. Wow! its touched me so easily. waiting for another blog write.

    ReplyDelete
    Replies
    1. Thank you so much. a beautiful comment always has its force to creat new one.

      Delete

Post a Comment

Popular posts from this blog

सेलेनोफाइल-SELENOPHILE