१९० मिस्ड् कल -१
मिती ठ्याक्कै थाह छैन् । तेतिबेला नेपालगञ्जमा उखुमै गर्मी थियो । गर्मी छल्न खरले छाएको एउटा सान-सानो कटेजमा मेरो एकजना साथीसंग थिएं म । कोकाकोलाको सिसीमा स्ट्र सहित वेटरले ल्याईदिएपछि उसलाई मस्कीदै भने मैले, 'कोक त मुख नै लगाएर खाएको मिठो । मेरा चुच्चा ओठहरुको स्पर्श सिधै खानेकुरामा पुग्छ । किन पाईपलाई माध्यम बनाउनु।' उ फिस्स हास्यो । वरीपरी गर्मी चिर्नेगरीका गसीप चल्दै थिए । त्यस दिन नेपालका पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको पार्थीव शरीरलाई दाहसंस्कारका लागी पशुपती आर्यघाटमा लैजाने दिन थियो । मानीसहरु गिरीजा वावूका राम्रा /नराम्रा कुरा गर्दै थिए । कोही भन्थे, 'गिरीजाले देशै बेच्यो नि,' 'यो मरेर नेपालको एउटा बोझ कम भयो ।' अर्काथरी भन्थे, 'गिरीजाले नचाहेको भए आजपनि हामी माओवादी जनयुद्ध सामना गरीरहेका हुन्थ्यौं ।' अनि कोही भन्थे, 'गिरीजा वावूले राजदरवार हत्याकाण्डको सत्य मर्नु अघि उजागर गरेरै मर्छु भन्थे, बुडाले भ्याएनन् ।' यस्तै यस्तै। म र मेरी साथी भने जिवनका अन्तरंगमा थियौं । गिरीजा वावूका गफसप भन्दा धेरै पर ।राजनिती देखि धेरै टाढ...