मिती ठ्याक्कै थाह छैन् । तेतिबेला नेपालगञ्जमा उखुमै गर्मी थियो । गर्मी छल्न खरले छाएको एउटा सान-सानो कटेजमा मेरो एकजना साथीसंग थिएं म । कोकाकोलाको सिसीमा स्ट्र सहित वेटरले ल्याईदिएपछि उसलाई मस्कीदै भने मैले, 'कोक त मुख नै लगाएर खाएको मिठो । मेरा चुच्चा ओठहरुको स्पर्श सिधै खानेकुरामा पुग्छ । किन पाईपलाई माध्यम बनाउनु।' उ फिस्स हास्यो ।
वरीपरी गर्मी चिर्नेगरीका गसीप चल्दै थिए । त्यस दिन नेपालका पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको पार्थीव शरीरलाई दाहसंस्कारका लागी पशुपती आर्यघाटमा लैजाने दिन थियो । मानीसहरु गिरीजा वावूका राम्रा /नराम्रा कुरा गर्दै थिए । कोही भन्थे, 'गिरीजाले देशै बेच्यो नि,' 'यो मरेर नेपालको एउटा बोझ कम भयो ।' अर्काथरी भन्थे, 'गिरीजाले नचाहेको भए आजपनि हामी माओवादी जनयुद्ध सामना गरीरहेका हुन्थ्यौं ।' अनि कोही भन्थे, 'गिरीजा वावूले राजदरवार हत्याकाण्डको सत्य मर्नु अघि उजागर गरेरै मर्छु भन्थे, बुडाले भ्याएनन् ।' यस्तै यस्तै।
म र मेरी साथी भने जिवनका अन्तरंगमा थियौं । गिरीजा वावूका गफसप भन्दा धेरै पर ।राजनिती देखि धेरै टाढाको रंगीन संसारमा । उसलाई नेताको निधन हुनु पनि राजनितीक विषयबस्तु जस्तो लाग्छ । मैले गिरीजाको कुरा निकाल्न खोज्दा उसले भनी 'ह्या, नेता नबन् न तं पनि, दिक्क लाग्दो ।' मैले कर गरीन ।
मेरो मोवाईलमा नेपाल टेलिकमको विप /विप बज्यो । अनन्वोन नम्वरबाट एसएमएस आएको रहेछ । त्यसताका एन्ड्रोइड वा अहिलेका जस्ता स्मार्टफोन थिएनन् । खै थिए कि, मसंग चाहीं थिएन् । कि -प्याड् थिच्नु पर्ने टिकटिके फोन थियो, मोटोरोलाको । त्यसमा अडियो रेकर्ड गर्न मिल्ने फिचर भएकाले ३५०० पुरै दाम हालेर सोखले किनेकी थिएं । मोवाईलमा फोनको घण्टी बज्दा वरीपरी चतुर नजरले हेर्दै गजक्क परेर फोन रिसिभ गर्ने बेला नै थियो त्यो ।
अं, म भन्दै थिए मेरो मोवाईलमा म्यासेज आयो । खोलेर हेरे, हिन्दीमा लेखीएको सायरी थियो, अगाडी के थियो अईले दिमागले फुराउन सकेन तर पछाडीको वाक्य भने यस्तो थियो 'हाम्ने आपको सच्ची दिलसे ये पैगाम भेजा हे।' मैले साथीलाई पढेर सुनाईदिए । वा !वा केटी को फिदा भएछ त संग? उसले भनी । को हो भन् मलाई । खासमा उ को थियो मलाई थाह थिएन । मैले थाह छैन भन्दा ओठ लेर्पादै भनी 'एक न एक दिन त मैले थाह पाई हाल्छु नी ।'
बेलुका अलि छिट्टै फुपुको घर पुगेर गिरीजा वावूको अन्तीम विदाई हेर्न आतुर थिएं म । नेपालगञ्ज र कोहलपुरको दुरी २१ कीलोमिटर जती छ । म कोहलपुर पुग्नु पर्ने थियो । अलि बेलैमा निस्किए । बसमा यात्रा गर्दै गर्दा मोवाईलको म्यासेजलाई धेरै पटक पढें , कता कता आनन्द आईरहेको थियो । अं, त्यो सायरीको पहिलो वाक्यांस यस्तो थियो सायद, 'शुवह ने शामको ये कहा हे...' विचको अन्तरा अईलेपनि मेरो मानसपटलमा घुसिसकेको छैन् । राझाँ एयरपोर्ट हुदैं दशविगाहसम्म पुग्दा तातो हावाले आँत नै सुकाईरहेको थियो । म भित्र पानीको प्यास भन्दा बढी एसएमएस वाला को होला भन्ने जिज्ञासाको गहीरो तिर्खा लागीरहेको थियो ।
म टिभि हेर्दै थिए, साझंपख काठमाण्डौमा मानीसहरुको तातीं । मलामी भनौ न । घरको छतछतमा मानीसहरु गिरीजा वावूको समाधी यात्रा हेर्दै गरेका दृष्य टेलिभिजनले देखाईरहेको थियो । हजारौ मान्छेका लहर बगेको देख्न सकीन्थ्यो । मेरो हजुरवुवा भन्नु हुन्थ्यो, ''मान्छेले वाचुञ्जेल इष्टमित्र कमाउन सक्यो भनेमात्र मलामीको भिड बढ्छ । कसैको मृत्यू पछि थोरैमात्र मलामी घाटमा पुग्नु भनेको उसले जिवनमा धेरै गल्ती गरेको रहेछ भनेर बुझ्नु पर्छ ।'' तर गिरीजावावूको त्यो मलामीको हुल देख्दा गिरीजालाई गाली गर्नेहरु रहेनछन् भन्ने भान प्रतित हुन्थ्यो । म पनि टिभिबाटै उनको मलामी भएकी थिएं ।
त्यसैबेला फोन आयो, एसएमएस आएको नम्वरबाट । दोस्रो पटकमा मैलै रिसिभ गरें । हेल्लो। हेल्लो ।
शुदुरपश्चिमको टोन स्पष्ट थियो आवाजमा । मेरोमात्र यस्तो ट्यालेण्ट हो वा अरुको पनि छ, थाह छैन् मलाई लाग्छ म नेपालका बोलीने भाकाहरुका भेग ठम्याउन सक्छु । म एकै स्वरमा बोलें मैले चिनेको छु र?
'छैन होला की' उसले फर्कायो
अनि किन फोन गरेको त ? मैले फेरी सोधें ।
'खै, ' उसले छोटो बोल्यो । म एकछिन् चुपचाप भए । फोनमा बोलीरहेको मान्छे पनि बोलेन्।
केही मिनेटको मौनता ।
म यति धेरै चुपचाप सहनै सक्दिन । मै बोलें
नवोल्ने ले फोन किन गर्नु, म्यासेज किन पठाउनु ?
"नजान्नेले किन डान्स गर्नु ?" उसले हाँस्दै भन्यो ।
अचम्म । उसको डान्स भन्ने शव्दले म अवाक् भएं ।
मलाई यो मान्छे को होला भन्ने कौतुहलताको चरम उत्कर्षमा पुर्यायो उसले । मलाई अव उसलाई चिन्नु छ । जसरी पनि ।
डान्स् ?
"अं डान्स ।" उसले मेरो डान्स् साँच्चै देखेको थियो जस्तो पार्यो ।
कहाँ देखेको ?
"दाईको मोवाईलमा।"
को दाई ?
"मेहवुव दाई । दाई मेरो रुममेट हो नी । "
मेहवुव दाईलाई त म चिन्थे, तर उसको रुममेटलाई कसरी चिन्नु ।
ओ माई गड । म आश्चार्य भन्दा धेरै लाज मानीरहेकी थिए । मेहवुव दाई भन्ने वित्तिकै मैले आफैले नाचेको कुरा सम्झीए ।
सिन्धुपाल्चोकको लास्ट रिर्सोट ।
उसले मलाई आफ्नो नाम पनि भनेन् । नाम नै भनेको भएपनि म चिन्दीन थिएं होला । उसको मोवाईलमा ब्यालेन्स सकीयो वा खै किन हो, डिस्कनेक्ट भयो । यता टिभिमा गिरीजा वावूको लाश जलीरहेको थियो, उता मेरो मन भत्भती थियो । किन फोन गर्या होला यो मान्छे ले ।
रातीको १२ बजीसकेछ । यतिबेलासम्म त निदाईसक्नु पर्छ नि ! मैले सुत्ने निधो गरें । तर आज म भित्रको त्यो मान्छे निदाउनेवाला थिएन् । ओछ्यानमा अनेक पोजीसन्मा सुत्न खोजे पनि निन्द्रा लाागेन् । मोवाईलको अडियो रेर्कडरमा एक एक मिनेटका गितहरु गाएर नै रेर्कड गरे । आठ दश पटक दोहोर्याएर सुने । आफैलाई म कति मिठो गाँउछु जस्तो गर्व लाग्यो । यस्तो म ऐलेपनि गर्छु।प्राय ।
उमेर नै त्यस्तो । मनमा कौतुहलता जगाउने । मिठा /मिठा कल्पनाका चित्रहरु आखाँमा बन्थे । साँच्चै हो की जस्तो गरेर । यसै त म कल्पनाशिल मान्छे । एक किसिमको इम्याजीनरी पावर छ मेरो । म कुनै घटनालाई श्रव्य/ दृष्य सहित कल्पना गर्न सक्छु ।
म सायद त्यही एसएमएस वालाको अनुहार कल्पना गर्दै थिए । उसले मलाई निदाउन दिएकै थिएन । मैले कैले नदेखेको मान्छेको प्रतिविम्वले मलाई जिस्काईरहेको थियो ।
मोवाईलको उज्यालो मा टाईम हेरे । साढे दूई बजेको थियो । अहो, अव सुत्नु पर्छ । सिलिंग फ्यानको स्वीचनिरै त्यसको गती बढाउने रेडीयोको भोलुम जस्तो हुन्छ । त्यसलाई बटारेर ५ मा पुर्याएं । म सुतेको तन्नानै उडाउने गरी हावा छोड्यो त्यसले । तर मलाई गर्मीले होईन, त्यही एसएमएस वालाले निदाउन दिईरहेको थिएन् । उतीनै खेर म्यासेज आयो, 'ह्याव यु गट स्लिप्ट ?' यसलाई कसरी थाह भो, म सुतेकै छैन् भनेर ? वा आज मेरो डान्सले उसलाई पनि निदाउन दिएको थिएन्? थाह छैन् ।
रातीको साढे दूई वजे कोही केटाले यसरी कुनै केटीलाई म्यासेज गर्नु भनेको उसको चरीत्रसंग जोडीएको विषय हुन सक्थ्यो ।
मलाई शंका लाग्यो, के उ सरीफ मान्छे होला ? सरीफ पुरुष कस्ता हुन्छन् ? मेरो दिमागमा अनुत्तरीत प्रश्न उव्ज्यो । एक मनले सोचें, विहान एकै चोटी गुड मर्नींग वाला एसएमएस गर्छु । निदाउन त म पनि निदाएकै थिईन । अगि भने नि उमेर नै उरन्ठेउलो मेरो ।
प्लिाई गरे, आफू चाही किन नसुतेको नि अईलेसम्म?
'भोली विहान, प्राक्टीस् छैन् । ११ /१२ वजेसम्म उठ्दा हुन्छ ।' उसको जवाफ ।
तिमी वा तपाई के सम्बोधन गर्ने भनेर कन्फ्यूज भयो भने पोखरा तिरका मान्छेहरु 'आफू' भनेर सम्वोधन गर्छन् । मैले पोखरेली चलन चोरेर फेरी मेरो मोवाईलमा रोमन अक्षर टाईप गरें ।
आफूले मलाई सुत्न नदिएको हो ? अह, सेन्डको बटन थिच्न सकिन् । आफैंसंग शरम सृजना भयो । यति हतार पनि किन गर्नु ।
''तम्मन्ना रहगई हे, आपसे मिल्ने की
आँखे जिद् कररही हे, देख्लुं एकवार
खामोश हुं मे, क्यूं की ये जिद् दिल्ने की ।''
यस्ता अक्षरहरु लिएर मेरो मोवाईलको म्यासेजको टोन बजेको थियो ।
उ आफै यस्तो लेख्थ्यो वा मेहवुव दाईसंग सोध्थ्यो । वा उसले कहींबाट कपी गरेको थियो । जे होस् उसका हिन्दी सायरीहरुले मलाई प्रफुल्ला बनाईरहेका थिए ।
खै कुनवेला म निदाएं । विहान् उठ्दा १० बजीसकेको थियो । आज मलाई धनगढी पुग्नु पर्ने थियो । बसमा कोचीएर, चैत्र महिनाको गर्मी सहँदै । चैत्रमा गर्मी त असाध्यै हुन्छ तर बसन्त ऋतु भने सकिएको हुदैन । तराईका जंगलहरुमा नयाँ पालूवा पलाईरहेका हुन्छन् । सडकको दाँया र बायाँ चारकोसे झाडीहरुले चैत्र महिनाको खडेरी लगभग विसाईदिन सक्छन् । रंगीनेहरु गर्मीमा नि रंगीन सक्छन्, वस मनमा रोमान्स उत्पादन गर्न नसक्नेहरु गर्मीलाई गाली गर्छन् ।
गरीवहरुका लागि गर्मी एकदमै मितव्ययी मास हो । थोरै लुगाले पुग्छ । पसीनाको डरले थोत्रामोत्रा लुगा लगाएपनि कसैले उतिसारो कुरा काट्दैन् । तराईमा पुराना लुगा गर्मीलाई भनेर अइले पनि साँच्ने गरन्छि । फेरी गर्मीमा नै हो वर्षभरी पुग्ने अन्न उत्पादन र तयारी गर्ने पनि । चैत्रमा गहुँ काट्ने, जेठमा धानको वीऊ राख्ने अनि असारमा रोपाई । सवै त गर्मीमै सम्पन्न हुन्छ । त्यसैले मलाई गरीवहरुको लागी गर्मी प्रिय हुनु पर्छ जस्तो लाग्छ । मलाई गर्मी मन पर्छ भन्नु को कारण चाहीं यस्तै यस्तै हो ।
लगभग ४ घण्टामा वागेश्वरी यातायातले धनगढी ओराल्यो । धनगढी बसपार्कमा एउटा कोकाकोला पिएर म घर हिंडे।साईकल रिक्सामा बढीमा १० मिनेट । अनि १० रुपैयाँको बाटो ।
मलाई रिक्सावालालाई ५० रुपैया दिन मन लाग्यो । त्यसतो चर्को घाममा उ १० रुपैयाको लागी पसिना बगाउदै थियो।सवारी पाएकोमा खुशी हुदैं उसले उत्तर बेहडी पुर्याएको थियो ।
मैले उसलाई पचास रुपैयाको आकासे निलो नोट थमाउदै भने, दाई आज तपाई पनि एउटा कोक खानुस् । ४० रुपैया फाईदा भएको छ आज । उसले टाउकोमात्र हल्लायो । गर्मीले उ स्याँ स्या भएको थियो । सायद सास बढेर बोल्न सकेन होला ।
गर्मीको अर्को रमाईलो पक्ष भनेको के हो भने, राती घरको छतमा, डोरीको चारपाई लगाएर सुत्न पनि मिल्छ । थारु भाषमा चारपाईलाई मचिया भन्छन् । कोही कोहीले बस्न मात्र मिल्ने सानोलाई मचिया र सुत्न नै मिल्नेलाई खटीया भनेको पनि सुनेकी छु ।
९ बजे तिर उसको म्यासेज आयो, 'ह्याव योर डिनर डन् ? '
उसले मेरो मुस्कुराहट देख्न सक्दैन थियो । तर म उक्साहटमै लेख्न थाले । अलरेडी, एण्ड एट, माई वेड नाउं । अनि आफ्नो ?
'छैन नि, यहाँ साढे ९ बजेपछि मात्र डिनर खुल्छ । अनि खाने । '
गर्मी होला है त्यता ? उसको अर्को टेक्स्ट आयो ।
उम् । मर्नेगरी छ । काठमाण्डौमा त चिसो हुन्छ, नी । आनन्दै होला । मैले रिप्लाई गरे ।
आज पनि उसले मलाई निदाउन दिने छाँट देखाएन् । उसको आकृती मनभरी आईरह्यो ।
१० बजेपछि एनटिसीमा १ रुपैयाँमा कुरा गर्न मिल्छ । म फोन गर्छु ल? उसले रिक्वेस्ट गर्यो ।
म निदाईन भने, रिसिभ गर्छु । मैले फिर्ता गरें ।
उसलाई निदाईन भने भन्ने शव्दले पीर परेछ क्या हो, फेरी अर्को म्यासेज गर्यो
एक इन्तजारसी हे आपकी
आप, कहीं भाग ना मत
जान बस्ने लगी हे आपमे
आप गलत सोचना मत । उसका सायरीहरुले मलाई मोहीत पाररिहेका थिए । भगवान आएपनि म निदाउनेवाली थिईन् । मोवाईलमा स्या् स्या गर्दै भएपनि खप्तड एफ एम टिप्यो ।
मान्छेका कानकानमा एफएमको आरजे मोहन शाही गितीकथा बाचन गर्दै थिए । दूई हरफ सुनेपछिमात्र चाल पाएं, त्योत मेरै कथा पो रहेछ । केही दिन अघि मेरो डायरी मेरो हातवाटै खोसेर एफ एममा कथा पढ्छु भन्दै लगेका थिए उनले । आज पढ्दै रहेछन् । एकछिन् गद् गद् भए । फुरुंग्ग भयो मन । रेडीयोमा मोहन मलाई पोख्दै थिए छताछुल्ल । म भने पोखीदै थिए, एसएमएस वालाको कल्पनामा कथा बनेर ।' उडी जांउ भने म पन्छी होईन, बस्ने ए लै मनै छैन् ।' कथाको विचमा मोहनले यो गित बजाए । म गित संगै कामाण्डौको कुनै ठाउंमा सपनाको आलींगनमा थिए ।
अनि शुरु भए फोनका शिलशिला । खै के कुरा हुन्थ्यो त्यती विग्न चुम्वकीय गुणयूक्त । हामी रातरात भर कुरा गर्न थाल्यौं । बेलुका १० बजेपछि गर्ने काम नै उससंगका कुराहरु । कुनै रात, २ वज्थ्यो अनि कुनै रात थाह नै नपाई छर्लंग उज्यालो हुन्थ्यो । न प्रेम थियो न अश्लिलता । तर कुनैपनि रात उ विनाको थिएन् । दिनभर सोच्थे आज उसले के भन्छ हेला? उ मलाई दिउंसो छिन् छिन्मै म्यासेज गथ्र्यो व्रेकफास्ट भो देखी डीनर भयो सम्म । रुटिन कहिले पनि टुटेन उसको सोध्ने कुराको।
हामीले एकअर्कालाई भेट्ने कुरा कहीलेई गरेनौ । अनि एक रात उसले भन्यो । म भोली घर आउँदैछु ।
Wah ❤
ReplyDeleteLonely night
ReplyDeleteWahh
ReplyDelete