कविता : दुईजोर जुत्ता छोरो , श्रीमतीको रहर पुर्याउन रानीहार किनिदिन्छ , तर आमाको तिलहरी वैंकमा राखेर ऋण तिर्दो रहेछ। आनि बुहारीले लगाएका गहनाको डाह गरी भनेर छोरो , आमाको मुटुको किलो बनिदिदो रहेछ । शसुरालीको साखुल्ले बन्न , शसुरा बा ' लाई यसो सानो कोशेली है भनेर , झिलीमिली कागजले बेरेर जुत्ता उपाहार दिन्छ , अनि आफ्ना बाबुका घिस्रिएका , तलुवा खुईलिए नै पनि , जन्त जाँदा लाउन हुन्छ भनेर , भद्र भलाद्मी बस्दा खुट्टा लुकाउनु नपरोस भनेर , वषौँ देखि आमाले साचीदिएका बा ' का चम्राका जुत्ता लगाईदिदो रहेछ । सबै आमाका रहर सबै बा ' ले कहाँ पुर्याउन सक्नु , त्यही छोरालाई राम्रो नाना किनिदिन , त्यही छोरालाई मिठो मसिनो खुवाउन , त्यही छोरालाई गतिलो विद्यालयमा पढाउन , अनि त्यही छोराको बिहेमा दश गाँउ थर्कने गरी बाजा बजाउन , १० औटा खशी ढालेर इष्टमित्रलाई चखाउन जोगांउदा जाोगांदै , साँच्दा साच्दै , बा र आमाका रहर अनि सपनाहरु सकींदो रहेछ । तर प्रकृती ! कस्तो अचम्म छ , जब छोरो बा ' बन्छ बुहारी आमा बन्छे , अनि सोच्छे , य...
Posts
Showing posts from November, 2022
190 मिस्ड्कल-4
- Get link
- X
- Other Apps
उ कहिले काठमाण्डौ त कहिले धनगढी गरीरहन्थ्यो । मलाई उसको भोक प्यास लत कुलत जम्मै थियो । मलाई उसका म्यासेजहरुको बानी परीसकेको थियो । उसका फोन सम्बादहरुको बानी परसिकेको थियो । उसका सायरीहरुको बानी परीसकेको थियो । मलाई सायद आफ्नै बानी परीसकेको थियो, उसलाई माया गर्ने । फेरी एकदिन आयो, पहेलो टि सर्ट र निलो जिन्सको पाइन्ट लगाएर । त्यही सुम्सुम्याउन मन लाग्ने जेल लगाएको कपाल लिएर । त्यसदिन म एक्लै थिए सायद म बस्ने डेरामा नै डाके । उसलाई लिन जाँदै गर्दा जहीले पनि मलाई एकतमासको छटपटी हुने गर्छ । आज पनि त्यही छटपटी थियो छाती भरी । उसलाई लिएर आए । छिमेकीहरु देखी लाज लागीरहेको थियो । भदौको गर्मी खपीनसक्नु हुन्थ्यो । मेरो भेट उसंग सधै खपीनसक्नु गर्मीमा नै जुरीरहदा गर्मी देखी नै दिक्क लागेपनि मन भने उसलाई हेर्न पाउदा सायद शितल थियो होला ।छेवैको घरको झ्यालबाट एकजनाले निस्सार हेरे जस्तो लाग्यो चिन्नै नपाई झ्यालमा पर्दा देखीयो । अर्को तर्फको छिमेकी हजुरआमाले को ल्याईस है केटी साथमा ? भनेर अट्टाहसले चिच्याईन मैले महन्द्रनगरको आफन्त हो भनिदिए । हजुरआमा चुप लागीनन् "ए महेन्द्रनगरमा काहा रह...