190 मिस्ड्कल-4

 उ कहिले काठमाण्डौ त कहिले धनगढी गरीरहन्थ्यो । मलाई उसको भोक प्यास लत कुलत जम्मै थियो । मलाई उसका म्यासेजहरुको बानी परीसकेको थियो । उसका फोन सम्बादहरुको बानी परसिकेको थियो । उसका सायरीहरुको बानी परीसकेको थियो । मलाई सायद आफ्नै बानी परीसकेको थियो, उसलाई माया गर्ने । 

फेरी एकदिन आयो, पहेलो टि सर्ट र निलो जिन्सको पाइन्ट लगाएर । त्यही सुम्सुम्याउन मन लाग्ने जेल लगाएको कपाल लिएर । त्यसदिन म एक्लै थिए सायद म बस्ने डेरामा नै डाके । उसलाई लिन जाँदै गर्दा जहीले पनि मलाई एकतमासको छटपटी हुने गर्छ । आज पनि त्यही छटपटी थियो छाती भरी ।

उसलाई लिएर आए । छिमेकीहरु देखी लाज लागीरहेको थियो । भदौको गर्मी खपीनसक्नु हुन्थ्यो । मेरो भेट उसंग सधै खपीनसक्नु गर्मीमा नै जुरीरहदा गर्मी देखी नै दिक्क लागेपनि मन भने उसलाई हेर्न पाउदा सायद शितल थियो होला ।छेवैको घरको झ्यालबाट एकजनाले निस्सार हेरे जस्तो लाग्यो चिन्नै नपाई झ्यालमा पर्दा देखीयो । 

अर्को तर्फको छिमेकी हजुरआमाले को ल्याईस है केटी साथमा ? भनेर अट्टाहसले चिच्याईन मैले महन्द्रनगरको आफन्त हो भनिदिए । हजुरआमा चुप लागीनन् "ए महेन्द्रनगरमा काहा रहेछ घर, सोध सोध मेरो छोरीको घरपनि तीनेर हो ।" हजुरआमालाई मैले टेरीन । खाना के बनाईदिन्छेस् अबेर भो, फर्सीका मुण्टा पकाईरछु लैजा भन्दै हजुरआमा भित्र छिरीन् । तरकारी पुर्याउन आउनु भन्दा लिन जानु नै बुद्धीमानी सम्झेर म आफै गए । उसलाई भित्र बसाएर । हजुरआमाकी नातीनीले मलाई ल ल बधाई छ मैया भन्दै तरकारीको बटुको थमाईदिन् । हजुरआमा फेरी आईन् त्यस्तो बोकालाई घरमा राती डाकेर एक्लै नसुत जमाना खराव छ, आफ्नै त भर छैन । हजुरआमालाई  म सम्झाउन सक्नेवाली थिईन, अनि नातीनी तर्फ हेर्दै भनिन् 'तै जा न ए पवी यो संग आज संगै सुतिदे ।' पवी हास्दै थिई । अनि म भारी मनले हजुरआमाकी नातीनीलाई शुरक्षा कवच बनाउदै आफ्नो घर लिएर आउन बाध्य भए । 

हजुरआमाको फर्सीको मुण्टा अहिले आएर कवाबमा हड्डी बन्दै थियो । 

गर्मीले रापीएर उ सर्ट खोलेर मेरो बेडमा आधी शरीर भुईमा र आधी शरीर खाटमा हुनेगरी आकास तीर हेरीरहेको थियो । आजको सिंगो रात उ मसंग हुनेवाला थियो । पवीलाई भान्सामा जेसुकै गर भनेर हामी घरको छतमा गयौ । गर्मीमा छत कति प्रिय हुन्छ त्यो तराईबासीलाइ मात्र थाह हुने कुरा हो ।  डोरीको चारपाईमा उ त्यसैगरी फैलियो ,जसरी मेरो बेडमा थियो ।

म उसको छवैमा गएर बसिदिए बिना कुनै शव्द । एक छिनको मौनता खप्नै नसक्ने भयो  अनि सोधे भोक कतिको लागेको छ ? म अरुपनि केही भन्दै थिए उसले मलाई यसरी आफतीर तान्योकी म एक्कसी उसको छातीमा टासीन पुगे । 'चुप' भन्दै मेरो मुखलाई उसले आफ्ना ओठहरुले बाधी दियो । म फुत्कीन चाहीन् । उसको छातीको गर्मीलाई स्वासहरुमा भर्दै म उसको सन्दीग्ध ढुकढुकी सुनिरहेकी थिए, जुन शव्दमा व्यक्तै हुदैनन् । अहा !त्यो माधुर्य जो मा म लिप्त छु । उसलाई छुनमात्र चाहीरहेका औँलाहरु आज उसको आखाँमा, कानमा, निधारमा , कपालमा अनि सर्वांग दौडीरहेका थिए । सायद प्रेम यस्तै हुन्छ होला । 

हाम्रा औलाँहरु घरी कता कता के के खोज्दै दौडीरहेथे छुनुपर्ने अंग पनि छुदै थिए, नछुनु पर्ने ठाउपनी छोईरहेथे सायद । जहाँ जहाँ छोइएको थियो त्यहाँ त्यहाँ सर्वांग भेट्थ्यो औलाहरुले । स्वासको भद्या सुस्साहट आफैमा मिठ्ठीदै जाँदै थियो । बस मिठास लिन्थे बन्द नयनहरुले मात्र । 

होइन खाना खानु पर्दैन सिडीमा उक्लीएर पहिले खोकी लागेजस्तो गरेर पवीले भनी । म जाँउ भन्न खोज्दै थिए उसले निस्कनै दिएन । 'चुप लागेर यत्तिकै बसिराखन 'उसले स्वासले भन्यो । मैले माने । केही बोलीन । अर्को एकफेर उसले आवाज लगाएर फेरी तलतिरै फर्कीएको आहट सुनियो । फेरी हाम्रा औँलाहरु एक अर्कामा क्रस भए !!'मायामा के के जायज हुन्छ?  मेरा निम्ति उ र उस्का निम्ति म,  यस बखत जायज थिएउ। उमेर डरलाग्दो तर मन एककोषीय ...

वैशाखमा त गर्मीले पनि गर्मी महशुष गर्नसक्छ धनगढीमा । पवीलाई ओल्लो खाटमा सुत्न लगाएर हामी अर्को कोठामा चुकुल लगाएर बसौँ न उसले अपेक्षा राख्यो । मैले सहमती जनाए । कोठमामा पसेपछि हामीलाई कसको डर अनि कसको भय। अनगीन्ती हुन थाले कुराहरु । अनेक अनेक । घरी जिस्कीएर घरी घोरीएर । मायाँले शरीरलाइृ कहाँ पर सार्न सक्छ र? गर्मीले पनि के नै गर्न सक्थ्यो र? हपहपी गर्मी अनि एक अर्काको स्वासमा आफ्नो स्वास थपी थपी हामी कसैले नसुन्ने गरी बोलिरह्यौँ ।उसले मलाई प्रेमले अंगाली रह्यो, म उसका अंगालोहरुमा बासनारहित मग्न भईरहे  । उसले कानमा सुस्तरी भन्यो, 'सेक्स त हुदैन होला नि हाम्रोे है?' म डराए । शरीर एक्कासी कडा बनेर आयो, मैले उसलाई जोडले च्यापेर भने सेक्स नर्गने ल, मलाई डर लाग्छ । अहिले त पढ्नु छ, मेरो क्यारयिर पनि बनाउनु छ, केही तलमाथी भईहाल्यो भने भविस्य डरलाग्दो हुन्छ । त्यसपछि उसले मेरा ओठहरुमा आफ्ना ओठहरु चलाई रह्यो । मेरा शरीरका अंग प्रत्यंगमा आफ्ना औलाहरु सलबलाई रह्यो । म उसलाई भरोसा गर्दै गए । 'जान' सेक्स त नगरुम है ।



Comments

Popular posts from this blog

सेलेनोफाइल-SELENOPHILE

त्यो अनार्कषक पुरुष