Posts

सेलेनोफाइल-SELENOPHILE

Image
  मेरो फोनले तिमीलाई दिक्क लागेको होर,  हो भने भन है मलाई । मेरो कुनैपनि म्यासेजको रिप्लाई पनि गर्दीनौ । हेर यसरी चुपचाप बसेर मलाई दोधारमा नराख है ! मलाई साँचो साँचो भन । 'मलाई सब कुरा बरदास्त हुन्छ, आई कान्ट ह्यान्डल लाइज ।' इन्स्टाग्राम मा उसलाई यति लेखेर पठाईसकेपछि एकछिन लामो स्वास फेरे ।  पाँच मिनेट पछि फेरी इन्स्टामा मेसेज हेरे म्यासेज अझै सिन भएको थिएन ।  मलाई लागीराथ्यो उसले मेरो म्यासेज पढोस र रिप्लाई गरोस ।  रिसावोस न तर दिमाग छैन तिम्रो माया भन्दै लाडीओस । अनि आएर भनोस, न तिम्रो गालासाला फुटाईदिउ म । वा भनोस 'तिमीलाइ कण्डो ।' तर यतिञ्जेल उसले केही पनि लेखेर पठाएकी थिइन । फेरी एकछिन अचानक सबै म्यासेजहरु सिन भएको रिपोर्ट आयो । मन हुरुक्क भयो । अब त केई लेख्ली नि फुच्चिले । अथवा मायाँ गरेर नै लेख्छे की 'मिस यु माया' । वा लेख्ली नी आइ लभ यु मोर ।  उसले जे भने पनि मलाई प्रिय नै लाग्थ्यो । पहिलो १० मिनेट। दोश्रो ३० मिनेट । अनि एक घण्टा । कुनै रिप्लाई नै आएन । उसका बारेमा एकजना साथीसंग गफ नभएको पनि होईन । मलाई साथीले भनेकी थिई सेलफिस छ है त्यो केटी ...
Image
  कविता :   दुईजोर जुत्ता     छोरो , श्रीमतीको रहर पुर्याउन रानीहार किनिदिन्छ , तर आमाको तिलहरी वैंकमा राखेर ऋण तिर्दो रहेछ। आनि बुहारीले लगाएका गहनाको डाह गरी भनेर छोरो , आमाको मुटुको किलो बनिदिदो रहेछ । शसुरालीको साखुल्ले बन्न , शसुरा बा ' लाई यसो सानो कोशेली है भनेर , झिलीमिली कागजले बेरेर जुत्ता उपाहार दिन्छ , अनि आफ्ना बाबुका घिस्रिएका , तलुवा   खुईलिए नै पनि , जन्त जाँदा लाउन हुन्छ भनेर , भद्र भलाद्मी बस्दा खुट्टा लुकाउनु नपरोस भनेर , वषौँ देखि आमाले साचीदिएका बा ' का चम्राका जुत्ता लगाईदिदो रहेछ । सबै आमाका रहर सबै बा ' ले कहाँ पुर्याउन सक्नु , त्यही छोरालाई राम्रो नाना किनिदिन , त्यही छोरालाई मिठो मसिनो खुवाउन , त्यही छोरालाई गतिलो विद्यालयमा पढाउन , अनि त्यही छोराको बिहेमा दश गाँउ थर्कने गरी बाजा बजाउन , १० औटा खशी ढालेर इष्टमित्रलाई चखाउन जोगांउदा जाोगांदै , साँच्दा साच्दै , बा र आमाका रहर अनि सपनाहरु सकींदो रहेछ । तर प्रकृती ! कस्तो अचम्म छ , जब छोरो बा ' बन्छ बुहारी आमा बन्छे , अनि सोच्छे , य...

190 मिस्ड्कल-4

Image
 उ कहिले काठमाण्डौ त कहिले धनगढी गरीरहन्थ्यो । मलाई उसको भोक प्यास लत कुलत जम्मै थियो । मलाई उसका म्यासेजहरुको बानी परीसकेको थियो । उसका फोन सम्बादहरुको बानी परसिकेको थियो । उसका सायरीहरुको बानी परीसकेको थियो । मलाई सायद आफ्नै बानी परीसकेको थियो, उसलाई माया गर्ने ।  फेरी एकदिन आयो, पहेलो टि सर्ट र निलो जिन्सको पाइन्ट लगाएर । त्यही सुम्सुम्याउन मन लाग्ने जेल लगाएको कपाल लिएर । त्यसदिन म एक्लै थिए सायद म बस्ने डेरामा नै डाके । उसलाई लिन जाँदै गर्दा जहीले पनि मलाई एकतमासको छटपटी हुने गर्छ । आज पनि त्यही छटपटी थियो छाती भरी । उसलाई लिएर आए । छिमेकीहरु देखी लाज लागीरहेको थियो । भदौको गर्मी खपीनसक्नु हुन्थ्यो । मेरो भेट उसंग सधै खपीनसक्नु गर्मीमा नै जुरीरहदा गर्मी देखी नै दिक्क लागेपनि मन भने उसलाई हेर्न पाउदा सायद शितल थियो होला ।छेवैको घरको झ्यालबाट एकजनाले निस्सार हेरे जस्तो लाग्यो चिन्नै नपाई झ्यालमा पर्दा देखीयो ।  अर्को तर्फको छिमेकी हजुरआमाले को ल्याईस है केटी साथमा ? भनेर अट्टाहसले चिच्याईन मैले महन्द्रनगरको आफन्त हो भनिदिए । हजुरआमा चुप लागीनन् "ए महेन्द्रनगरमा काहा रह...

१९० मीस्डकल- ३

Image
 समह्वोयर इन पोखरा(हालसाल) सम्भवत मैले उसलाई विर्षेको पनि कती वर्ष भएका थिए ति वर्षहरु नै मेरा ध्याउन्नमा थिएनन् । जिन्दगीले अर्के मोड लिईसकेको छ । म अरु कसैसंग जिवनका शुख दुखहरु साटीसकेर बचेको जिन्दगीमा विचरण गरी रहेकीछु । यस विचमा मेरा आँखाहरुले उसलाई कहिलेपनि देख्न पाएका छैनन् । मन भने कहिलेकाहीँ कुनै कुराको अभावमा मलाई खटनपटन गरीरहेकै हुन्छ । सायद एक अर्काको वसमा अचेल हामी छैनौ । मेरा सपनाहरुमा उ आउन छोडेको वर्षौ भईसकेको छ । उसको झझल्कोहरु मनमा आउन छोडेको पनि धेरै वर्षहरु भए । उसले पनि स्पस्ट माया मारेको आभाष हुन्छ मलाई ।  १२ वर्ष कती लामो समय हो, त्यत्रो समय हामीले एक अर्कालाई देखेकै छैन् । २० वर्षको मस्त जवानीमा छोडेको प्रेमी अहिले ३२ वर्ष पुग्दासम्म पनि याद रहनु उत्तिकै अस्वभावीक होला । फेरी अर्कोतीर व्यभाहारले यति धेरै गाँजीसकेको छ की कसैको प्रेम सम्झीएर उत्ताउलिन त के हृदयंगम गर्ने सोचपनि आउँदैन । उठे देखीको सुतेसम्म जीम्मेवारीका पहाडहरु फोरीरहनु पर्छ । उसलाई कसरी सम्झनु ? यदाकदा उसका चर्चा सुनिहाले पनि मन ढक्क हुनु बाहेक खासै प्रफुल्ल हुदैन मन । म खुशी छु वा छैन् जोख...

१९० मिस्ड कल- २

Image
अन्ततः उसले निधो गरेको थियो। सायद मैले पनि आफुलाइ खुल्ला छोडिदिएको थिए। उसको मग्न हुन थालेको थियो मेरो मन। उसको मनमा के थियो खै, आफ्ना निन्द्राहरु सजिलै मेरा मानस्पटलमा सुम्पिएको थियो। कैले भन्थ्यो "आज त प्राक्टिस्मै निदाएछु।" अनि कैले भन्थ्यो "कोचले आज रातभर के गरेर आउछ भनेर हकार्यो। " कैले भन्थ्यो आज जिउ सारै दुखेको छ अनि कैले भन्थ्यो तिमिलाई भेटेर कति कुरा सुनाउनु छ।उसले जे जे भन्थ्यो, मेरा निम्ति स्वर्णिम भन्थ्यो। उसका हरेक शब्द म जादुमय पाउथे।  बिहान खाना खाइओरी म साइकल सफा गर्दै थिए। मलाई अफिस जानू थियो। १० बज्नै आटेको थियो। अचेल मेरो उठ्ने सुत्ने टायमटेवल उसैको जस्तो भएको थियो। उठ्दा उठ्दै अफिसको चटारो। दुइपाङ्रे साइकलमा मोटर्को पाइपले छिर्‍र्‍अ पार्दै गर्दा झ्यालको छेउमै राखेको मोटोरोला फोन बज्यो। बिनासर्त यो उसैको फोन हुनु पर्थ्यो। अहो कति गर्न सकेको फोन? सुनन, म आज महेन्द्रनगर आउदैछु। बसको टिकट नि लिसके। ''भोलि बिहान पुग्छु, पर्सि सम्म हाम्रो भेट हुन्छ। '' मलाई पर्सि पर्खनु नै थिएन या फेरि मलाई पर्सिको आवस्यकता नै थिएन। उ मेरो अन्तस्करणमा म...

१९० मिस्ड् कल -१

Image
मिती ठ्याक्कै थाह छैन् । तेतिबेला नेपालगञ्जमा उखुमै गर्मी थियो । गर्मी छल्न  खरले छाएको एउटा सान-सानो कटेजमा मेरो एकजना साथीसंग थिएं म । कोकाकोलाको सिसीमा स्ट्र सहित वेटरले ल्याईदिएपछि उसलाई मस्कीदै भने मैले, 'कोक त मुख नै लगाएर खाएको मिठो । मेरा चुच्चा ओठहरुको स्पर्श सिधै खानेकुरामा पुग्छ । किन पाईपलाई माध्यम बनाउनु।' उ फिस्स हास्यो ।  वरीपरी गर्मी चिर्नेगरीका गसीप चल्दै थिए । त्यस दिन नेपालका पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको पार्थीव शरीरलाई दाहसंस्कारका लागी पशुपती आर्यघाटमा लैजाने दिन थियो । मानीसहरु गिरीजा वावूका राम्रा /नराम्रा कुरा गर्दै थिए । कोही भन्थे, 'गिरीजाले देशै बेच्यो नि,'  'यो मरेर नेपालको एउटा बोझ कम भयो ।' अर्काथरी भन्थे, 'गिरीजाले नचाहेको भए आजपनि हामी माओवादी जनयुद्ध सामना गरीरहेका हुन्थ्यौं ।' अनि कोही भन्थे, 'गिरीजा वावूले राजदरवार हत्याकाण्डको सत्य मर्नु अघि उजागर गरेरै मर्छु भन्थे, बुडाले भ्याएनन् ।'  यस्तै यस्तै।  म र मेरी साथी भने जिवनका अन्तरंगमा थियौं । गिरीजा वावूका गफसप भन्दा धेरै पर ।राजनिती देखि धेरै टाढ...

त्यो अनार्कषक पुरुष

Image
कस्तो भने, झुस्स परेको । मैलो । शरीर नै नमिलेको कतै । नमिलेको कपाल । नमिलेका दारी अनि नसुहाउने गरी लगाएका दूईथान लुगा । समग्रमा फोहोरी । अँ,छुटेको चाहीँ के भने दन्तमञ्जन नै नपाएका दाँत । तल देखि माथी सम्म हेर्दा पुरै अनआर्कषक पुरुष । भन्छन् नि,  'नो फिलिंग्स वाला फिल' आउने मान्छे ।  उसले देखाएको सोफामा बस्दै गर्दा मेरा आँखाहरु मुन्तीर घोत्लीए । उसले हठात् भन्यो, तपाई आउनु हुन्छ भनेर सफा गर्न लगाएको केटाहरुलाई,   यस्तो गरेछन् । सायद उसलाई त्यहाँको दुर्गन्ध मेरा नाकले सुंघ्यो होला भन्ने भान परेको हुनसक्छ । अंग्रेजीमा  इन्सट्युसन भन्छन् क्यारे । म मुस्काराई मात्र दिएँ । सायद मेरा ओठहरुका कलेटी बाहेक त्याँ अरु कुनै आर्कषक चिज नै थिएनन् । यदी उसले सुन्दरता बुझ्न सक्छ भने ।  उ सले लगाएको मैलो जिन्स पाइन्टले मानौ मोजाको अभाव पुरा गरीरहेका थिए । गोलीगाँठा देखी झण्डै कान्छी औँलाका टुप्पा छोपीने गरी म्याजीक चप्पल भित्र सुटुक्क खुट्टा घुसारेको थियो । उसले मलाई कम्फरटेवल बनाउँदै भन्यो, "केटाहरुमात्र बस्छौ, खासै सरसफाई हुदैन् । तर मेरो बेडरुम चाहीँ सफा नै छ । ...